पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा एक पछि अर्को गितले श्रोता तथा दर्शकको मन जित्न सफल भएका छन् । चाँहे जुनसुकै बिधाका गित किन नहुन । आफ्नो साङ्गितिक क्षेत्रमा एक अर्को दमदार गितको साथमा आएकी छन् गायिका मिना बम । जुनसुकै बिधाका गित गाउन सिपालु मिना यति बेला डान्सिङ्ग प्याटर्नको गित “ औँठा छाप” मार्फत बजारमा आएकी हुन् ।

“मलाई सबै किसिमका गित गाँउन उत्तिकै मन पर्छ, तर यस पाली अलि फरक खालको गितको साथमा आएको छु”, मिना भन्छिन् । “सानै छँदाको गित गाउने तिब्र रहर हो”, उनि अगाडी थप्छिन् ।

डान्सिङ्ग प्याटर्नको यस औँठा छाप गितबाट अलिक केहि आशा संगै चुनौती पनि रहेको गायिका मिना बताँउछिन् । “फेर्ने सास” नामक लोक दोहोरी गितबाट साङ्गितिक क्षेत्रमा प्रबेश गरेकी मिनाको औँठा छाप दोस्रो गित हो । यस गितमा उनि, गायक अर्जुन बुढा संगै र्यापर जगतले पनि साथ दिएका छन् । यो गितको शब्द सृजना भने अर्जुन बुढा, ईन्द्रा केसी र मिना बमले गरेका छन् ।

चर्चित म्यूजिक एरेन्जर केशब बडुको एरेन्जर रहेको गित मारुनी रेर्कङ्गि स्टुडियोमा रेर्कड भएको हो । रोहित रोकाय, साबित्री भाट र प्रेम शाही ठकुरीको अभिनय रहेको औंठा छाप गित अर्जुन बुढा युबट्युब च्यानलबाट शनिबार सर्बत बजारमा आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय