कमलबजार बहुमूखी क्याम्पस कमलबजारमा सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न भएको छ । आसन्न चैत ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनलाई लक्षित गर्दै सो बैठक सम्पन्न भएको होे ।
कमलबजार बहुमूखी क्याम्पस निर्वाचन समितीका संयोजक भिम बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न निर्णय गरिएका छन् । निर्वाचनलाई स्वच्छ, निश्पक्ष, धादलिरहित एवंम् भयरहित वातावरणमा सम्पन्न गराउन मतदाता विद्यार्थीको नेपाली नागरिकता परिचयपत्र अनिवार्य गरिएको बताईएको छ ।
यस्तै निर्वाचन सहजताका लागी सम्बन्धीत सरोकारवालाहरुलाई नमुना मत पत्र पनि वितरण गरिएको निर्वाचन समितीका संयोजक भिम बहादुर बिष्टले जानकारी दिनुभयो । चैत ५ गते आईतबार बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म मतदान कार्य संचालन हुने निर्णय सो सर्वदलिय तथा सर्वपक्षिय बैठकले गरेको छ ।
उक्त बैठकमा नेपाली काग्रेस महासमिती सदस्य तथा निवर्तमान नगर उप प्रमुख भुमिसरण ढकाल बजगाई, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर, नेपाली काग्रेस जिल्ला कार्य समिती सदस्य खेम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जनक रावत, नेकपा एकिकृत समाजवादी जिल्ला सचिवालय सदस्य लोक बहादुर भण्डारी, नेकपा बिप्लप जिल्ला कमिटी सदस्य तथा कमलबजार नगर ईन्चार्ज निर्मल सी, क्याम्पस संचालन समितीका सदस्य तथा वडा नं. ९ का वडा सदस्य बिर बहादुर रावत, कम्मान सिंह चलाउने, क्याम्पस प्रमुख तथा मतदान अधिकृत पुर्ण प्रसाद धमाला, प्रशाशन प्रमुख लोक बहादुर बिष्ट, ललिचन भण्डारी, शिक्षक लोकेन्द्र कुमार चलाउने लगायत सरोकारवालाहरुको उपस्तिथीमा सो बैठक सम्पन्न भएको निर्वाचन समितीका संयोजक बिष्टले जानकारी दिनुभयो ।




