
हिक्मत नेपाली
कमलबजार, चैत्र ८ ।
कमलबजार कमलबजारमा ३१ औ विश्व पानी दिवसका अवसरमा पालिपालिका स्तरीय सचतनोमुलक कार्यक्रम गरि मनाएको छ । पानीमा गतिशिल परिवर्तन भन्ने नाराका साथ कमलबजार नगरपालिकाको सभाहलमा भएको जानकारी मुलक कार्यक्रम ग्रामिण बिकास केन्द्र नेपालको आयोजना तथा एकिकृत जलस्रोत कार्यक्रम(हेल्भटास) र कमलबजार नगरपालिकाको सहयोगमा सम्पन्न भएको खानेपानी फोकल पर्सन पवित्रा भण्डारीले जानकारी दिनु भयो । कमलबजार नगरपालिका कार्यवाहक नगरप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको हो ।
कार्यक्रमको अध्यक्षताको आसन बाट बोल्दै कुँवरले कमलबजारमा आम नागरिकलाई शुद्ध खानेपानी व्यवस्थापनका लागी कार्ययोजना तयार गरी काम गर्ने र कमलबजारको केन्द्रमा तत्काल डिप बोरिगंको पानी ट्यांकीमा हाली तत्काल पानी वितरण गरिने बताउनु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , कार्यपालिका सदस्य बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण खानेपानीको क्षेत्रमाकाम गरिरेको संस्था रुडेकका सामाजिक सहजकर्ता तपेन्द्र विष्टले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाको खानेपानी तथा सरसफाई शाखा फोकल पर्सन पबित्रा भण्डारीले गर्नु भएको थियो ।