हिक्मत नेपाली
कमलबजार, चैत्र ८ ।
कमलबजार नगरपालिकारकाका सामुदायिक विद्यालयको सिकाई स्तरको अध्ययन पश्चातको समिक्षा गोष्ठी कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्ट अध्यक्षतामा सम्पन भएको गोष्ठिमा सामुदायिक विद्यालयको सिकाई स्तरका बिषयमा गहन छलफल गरिएको छ ।
कार्यक्रमको अध्यक्षताको आशन बाट बोल्दै कमलबजार नगरपालिकाका कार्यवाहक नगरप्रमुख शारदा कुमारी बिष्ट कुँवरले भवनमा मात्र जोड नदिई शैक्षिक गुणस्तर तिर ध्यान दिनुपर्ने आवश्यकता रहेकोलेले सम्पुर्ण सरोकारवालाका साथै बिद्यालयका प्रअ ले जिम्मेवार बन्न निर्देशन दिनु भयो ।
कमलबजार नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा पालिकाका बिभिन्न वडामा अवस्थित २९ वटामा अवस्थित सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिीतीमा सम्पन्न भएको गोष्ठिमा पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयको सिकाई स्तरको अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेको थियो । शाखा प्रमुख ऋषिकेश ढकालले सहजिकरण गर्नु भएको कार्यक्रममा शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवरले पालिकाका २९ वटा सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत ४८० विद्यार्थीमा गरिएको सिकाई स्तरको परिक्षणमा १३ जना परिक्षार्थीको मात्र सन्तोषजनक अवस्था रहेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत शिक्षण सिकाईको स्थिति एकदमै दयनिय भएकोले सरोकारवाला सवैले चिन्ता व्यक्त गरेका छन । राज्यले प्रत्येक एक जना विद्यार्थीमा वार्षिक १७ हजार भन्दा बढी रकम लगानी गरेको भएता पनी प्रतिफलमा यस्तो अवस्था देखिनुले राज्यको शैक्षिक क्षेत्रमा गरेको लगानी वालुवामा पानी हाले सरह भएको छ ।
कक्षा ५ का बिद्यार्थी लाई सामान्य एक कक्षामै सिकाई हुनुपर्ने जोड, घटाउ , गुडान र भाग तथा अंग्रेजी वर्णमाला तथा नेपाली बाक्य निमार्णका प्रश्न राखेर गरिएको परिक्षणमा उनीहरुको प्रस्तुतीकरण हेर्दा निकै दयनिय अवस्था रहेको देखिएको थियो । ४८० विद्यार्थीमा गरिएको सिकाई स्तरको परिक्षणमा १३ जना परिक्षार्थीको मात्र सन्तोषजनक अवस्था देखिनुले सिकाई स्तर निकै खस्केको देखिएको हो ।
गोष्ठिको खुल्ला सत्रमा सहभागीहरुले शैक्षिक सिकाई स्तर सुधारका लागी सुझावहरु राखेका थिए ।
शैक्षिक सत्र २०८० बाट सुधारका लागि बालविकास लाई सुधार गर्नुपर्ने प्रधानाध्यापक तपेन्द्र शाहीले बताउनु भयो । त्यस्तै सिकाई स्तर सुधारका लागी लेखन अभ्यास मुखी हुनुपर्ने र शब्द कन्ठस्थ पार्ने विधि , लाई प्रयोग गदै विद्यार्थीको बिद्यालय उपस्थिीती नियमित छकी छैन हेर्नु पर्ने अर्को प्रधानाध्यापक रुपान्नद उपाध्यायको भनाई थियो ।
पठन संस्कृति हराएको ले जनचेतना अभिवृद्धि गरी विद्यार्थी अभिभावक र शिक्षकको त्रिपक्षिय सम्बन्ध सुधार गदै प्रत्येक तीन महिनाको उपलब्धि र अनुगमनको पाटोलाई प्राथमिकतामा राखी शिक्षामा राजनीतिकरण बन्द गर्नु पर्ने श्री जाल्पा देवी माबि ढाँकुका प्रधानाध्यापक जनक भण्डारीले बताउनु भयो ।
कमलबजार नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाहले यो अवस्था सिर्जना हुनुमा जनप्रतिनिधिको पनि उतिकै जिम्मेवारी रहेको बताउनु भयो ।
शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवरले शिक्षामा लगानी अदृश्य हुन्छ तर त्यसको परिणाम दिगो हुने भएकाले सबै जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
विद्यालयको खस्किदो शैक्षिक स्तरको अवस्था सुधारका लागि तल्लो तहमा शिक्षक दक्ष र प्रशासन जिम्मेवार हुनुपर्ने कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय