नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भएको आरोप लगाएका छन्।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेता थापाले प्रधानमन्त्री र राष्ट्रियपतिको सेटिङमा संविधानको हत्या भएको र यसको उपचार अदालतले गनुपर्ने बताए। राजनीतिक दलले नागरिकको अवस्थाबारे बुझ्नुपर्ने समयमा देशको व्यवस्था रक्षामा जुट्नुपर्ने स्थिति सिर्जना भएको बताउँदै नेता उनले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएर काम चलाउ सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए।

कांग्रेस महानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रचण्ड–माधव नेपाल समूह मात्रै सडकमा निस्किँदा प्रधानमन्त्री घेरिसकिएको बताउँदै कांग्रेस निस्केका दिन बालुवाटार छोड्नुपर्ने अवस्था आउने दाबी गरे। उनले सरकारमा बसेर देशभर गरिने प्रायोजित सभालाई नेकपाकै अर्को समूहले गरेको जनसभाले जवाफ फर्काइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कदम सच्याउन पहल लिँदा नै राम्रो हुने सुझाव दिए।

नेता प्रदीप पौडेलले राजा हुँदा ज्ञानेन्द्र शाहबाट दीक्षित कानुन व्यवसायीले प्रधानमन्त्रीको कदमलाई सही भनिरहेको दाबी गरे। उनले कांग्रेस अहिलेको कदमको विषयमा प्रष्टसँग बोलिसकेको बताउँदै अदालतसँग भर परेका कारण सडकमा निस्किन नसकेको प्रष्टीकरण दिए।

संविधानविद् डा. विपिन अधिकारीले लोकतन्त्रको पक्षमा उभिने राजनीतिक दलले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले प्रतिपक्षी सशक्त नहुँदाको मौकामा सरकार पक्षले संविधान विपरीत काम गरेको बताउँदै संसद नभएपछि सडकमार्फत आफ्ना आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय