भारतको गुजरातका मुख्यमन्त्री विजय रुपाणी आइतबार मन्चमा भारत गर्दागर्दै भूइँमा लड्न पुगेका छन् । उनी नागरिक चुनावको प्रचारप्रसारका लागि बडोदराको निजामपुरा पुगेका थिए ।
त्यहाँ भएको सभामा मुख्यमन्त्री चक्कर लागेर भूइँमा ढल्न पुगेभने त्यसपछि कार्यक्रम नै रद्ध गरिएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
चिकित्सकहरुले रुपाणीलाई मन्चमा नै प्राथमिक उपचार गरेका थिए भने त्यसपछि उनी ठीक भएको बताइएको छ ।
यो रुपाणीको आजकै तेस्रो सभा भएको बताइएको छ । अर्थात उनी तरसाली र करेलीबागमा सभा सम्पन्न गरेर निजामपुरा पुगेका थिए ।
चिकित्सकहरुका अनुसार उनको अहिले अवस्था सामान्य रहेको छ भने ब्लड प्रेसर कम भएका कारण चक्कर आएर भूइँमा ढल्न पुगेको जनाइएको छ ।