अछाम , असार ३० ।
अछाम वाङ्गमय प्रतिष्ठानको बैठक शनिबार मंगलसैनमा सप्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष हिमाल उदासीको अध्यक्षतामा बसेको बैठकले भाषा कला साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि २० लाखको अक्षयकोश बनाउने निर्णय गरेको छ । कोष निर्माणका लागि सबै आम नागरिक संग अपिल गर्ने निर्णय समेत गरिएको अध्यक्ष उदासीले जानकारी दिनुभयो । साथै आजको बैठकले बिद्युत्तमा रैका भुजेल र रुक्मिणी शर्मा लाई कार्य समितीमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।




