एच.बि. नेपाली
कमलबजार, फाल्गुन १०
अछामको कमलबजारमा फाल्गुन २३ देखि २९ सम्म सञ्चालन हुने साँस्कृतकि महोत्सवको तयारी तिब्र गतिमा अगाडि बढिरहेको छ । यस अघि माघ ३० गते देखि फागुन ४ गते सम्म सञ्चालन हुने भनिएता पनि तयारी नपुग्दा सो समयमा सञ्चालन हुन सकेको थिएन । महोत्सव सञ्चालन हुने तोकिएको मिति सारिएर फाल्गुन २३ देखि २९ सम्म राखिएको छ अव सारिएकै समयमा सम्पन्न गर्नका लागि तयारी तिब्र भईरहेको आयोजक चेतना जनजागरण युवा क्लवका अध्यक्ष नृप साँउदले बताए ।
बिभिन्न सरोकारवाला निकाय संगको छलफल पश्चात महोत्सवलाई सफल पार्नका लागि कमलबजार बजार विकास समिति, प्रबद्र्धक रहेको छ भने कमलबजार नगरपालिकाले समन्वय गरिहेको छ । महोत्सवको लागि स्टेज निर्माण लगायतका कार्य भोलि देखि सुरु गरिने आयोजक चेतना जनजागरण युवा क्लवले जानकारी दिएको छ । स्वच्छ गाँउ स्वच्छ शहर अछामको संस्कृति जोगाउने हाम्रो रहर, प्रथम कमलबजार साँस्कृतकि महोत्सव २०७७ भन्ने नारा सहित सञ्चालनको तयारीमा रहेको महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाली लोक सांगितिक क्षेत्रका चर्चित गायक राम जी खाँड, प्रकाश सपुत, दुर्गेश थापाको प्रस्तुती रहने छ भने चर्चित देउडा गायक राजाराम भाट, अछामी बड्डो, टंक तिमिल्सैना, रेखा जोशी, प्रस्तुती रहने आयोजक चेतना जनजागरण युवा क्लवले जनाएको छ साथै कलाकार अनु पराजुली, झरना बोहरा, सम्राट चौलागाई,भिम बिष्ट, निरुता खत्री सञ्जना धामी, रोशन सिङ, अछामी माग्ने, विकास थापा राजेश बर्देवा, ¥यापर जगत लगायतको प्रस्तुती रहने जानकारी गराईएको छ । महोत्सवमा उद्घोषण सुरेन्द्र साँउदले गर्नेछन भने महोत्सवमा प्रवेश शुल्क रु.१०० राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय