लोकेन्द्र शाही ,भारत ।
दलालले नेपाल बाट ४ जना केटी बेचन भारत ल्यायपछी १ जना १९ बर्षकि बिपना तामाङ भारत को पुना पुगेपछी दलाल को पन्जाबाट भाग्न सफल भयकि छन । उनलाई भारत को पुना स्वारीगेट ट्राफिक पुलिस ले समातेको थियो । उनले नाम अन्जली तामाङ बतायकी छ्न । आफू काठमाडौं टेकु मा बस्दै आयको र दलालले ललाइ फकाइ जालझेल फरेर बेचन भारत ल्यायको बताएकी छन । अन्जली संगै आयका अरु ३ जना केटी हरु भने दलालकै कब्जामा छन ।
पुना पुलिस ने शिव सेना समुहका चक्र सुनार लाई जानकारी गरायपछि उद्धार को पहल भैरहेको छ । उनको साथमा कुनै प्रमाणपत्र नभयको र आफन्त पनि सम्पर्कमा नआयका कारण अहिले अन्जली लाई पुनाको बाल आश्रममा राखिएको छ ।
उनी केटी बेचबिखन हुने एरिया बुधबार पेठ आसपास बाट भाग्न सफल भएकी हुन । अन्य ३ जनि केटी र बेच्ने दलाल हरुको खोजी भैरहेको छ ।





