कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कल रावलले बताए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय