नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ।

शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो।

नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ।

२८६ रनको लक्ष्य नेपालले कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा क्याडाविरूद्धको खेल २९ बल बाँकी छँदै पूरा गरेको हो ।

आजको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय