नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद यज्ञ बहादुर बोगटीलाई पितृसोक परेको छ । बोगटीका बुवा जहर सिंह बोगटीको ७३ वर्षको उमेरमा मंगलबार निधन भएपछी नेता बोगटीलाई पितृसोक परेको हो । लामो समय देखी फोक्सोको विरामी रहनु भएका बोगटीको मंगलबार मंगलसेन नगरपालिका वडा न ३ स्थित लाछीमनामा रहेको आफ्नै निवासमा निधन भएको हो ।
मृतक बोगटीको बुधबार चित्रे दोभानमा अन्तिम दाहसंस्कार गरिएको वडा अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ । मृतक बोगटीलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका केन्द्रिय सदस्य तथा अछाम ईन्चार्ज झपट बहादुर बोहरा, जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्याय, पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा लगायतका एमालेका नेताहरु बोगटी निवास पुग्नुभएको थियो । पार्टीको झण्डा ओढाएर एक मिनेट मौन धारण सहित मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारजनमा समवेदन प्रकट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय