टेक राज भण्डारी, असाेज ७, अछाम  ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको गंगा माध्यमिक विद्यालय सामाजिक परिक्षण भेला सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष टंक प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको भेलामा आर्थिक बर्ष २०८२/८३ काे सामाजिक परिक्षण गरिएको हाे ।

सामाजिक परिक्षण भेलामा प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी रहनुभएकाे थियाे ।
प्रमुख अतिथि भण्डारीले सामाजिक परिक्षण प्रतिवेदनले विद्यालयकाे समग्र अवस्था झल्काएकाे बताउनुभयाे । विद्यालयले आफ्नाे प्रशाशनीक र शैक्षिक अवस्था सुधार गर्दै गएकाे र आगामी दिनमा थप परिस्कृत गर्दै अघि बढ्नुपर्ने बताउनु भयाे । हाल कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा काेठाकाे अभाव रहेकाे विषयमा उक्त समस्या समाधानका लागि पहल गर्ने बताउनु भयाे ।
विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीले विद्यालयकाे समग्र अवस्थाबारे सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । जसमा विद्यालयकाे शैक्षिक, आर्थिक, भाैतिक लगायतको अवस्थाबारे जानकारी गराउनु भएको थियाे । यस्तै विद्यालयमा हाल कक्षा ११/१२ सञ्चालन भैरहेकाे र त्यसकाे दिगाे सञ्चालन चुनाैतिपूर्ण रहेकाे प्रधानाध्यापक भण्डारीले बताउनुभयाे ।
भेलामा आर्थिक बर्ष २०८२/०८३ काे १ कराेड ५७ लाख २५ हजार ७८ रुपैँया बराबरकाे बर्षिक आम्दानी र साेही बराबरकाे खर्च विवरण प्रस्तुत गरिएको थियाे ।

भेलामा विशिष्ट अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही र तत्कालीन जनालीण्डाली गाविस अध्यक्ष  प्रभुनाथ भण्डारी रहनु भएको थियाे । विशिष्ट अतिथिद्वयले विद्यालयकाे अवस्था सुधार हुँदै गएकाे र कक्षा ११/१२ का लागि कक्षाकाेठा र शिक्षककाे अभावकाे समस्या समाधानका लागि आफ्नाे तर्फबाट पहल गर्ने बताउनुभयाे ।

कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य जन्मराज भण्डारी, जैसरा नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला काेषाध्यक्ष सेतिराम भण्डारी, नेपाली कांग्रेसका देवराज भण्डारी, गंगा माविका विव्यस अध्यक्ष चक्र प्रसाद भण्डारी, पत्रकार महासंघका उपाध्यक्ष टेक बहादुर थापा, भन्थान आधारभूत स्वास्थ्य चाैकीका मीना रावल, युवा सञ्जालका अध्यक्ष खेमराज भण्डारी, बाल क्लबका अध्यक्ष प्रेम प्रुाद भण्डारी, जुरेस सभापति प्रेम प्रसाद भण्डारी लगायतले सुझाव दिनुभएको थियाे ।
शिक्षक राजेश्वर भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमकाे सञ्चालन सहायक प्रधानाध्यापक टंक प्रसाद ढुंगानाले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय