भारतमा एक जना नेपाली महिला बेपत्ता भएकी छन् । अछामको कमलबजार नगरपालिका वडा नं. ९ मष्टावण्डाली माईती भएकी २० बर्षिया देउरुपा वड भारतको गुजरात राज्यको राजकोट बाट बेपत्ता भएकी पारिवारिक स्रोतले जनाएको छ ।
मार्च ७ अर्थात फाल्गुण २३ गते होलीका दिनबाट बेपत्ता भएकी बताईएको छ । मंगलसेन नगरपालिका वडा नं. ७ खोकलेगैरा निवासी अमृत बिक संग बिबाह गरेर पहिलो पटक भारत पुगेकी देउरुपालाई त्यहाको भाषा पनि नआउने नयाँ ठाउको बारेमा पनि जानकारी नभएको बताईएको छ ।
बेपत्ता महिला देउरुपाको माईती पक्षले जसरी पनि खोजी गर्न दवाव दिईरहेको श्रिमान अमृत बिकले बताएका छन् । बेपत्ता भएको करिब ११ दिन भईसक्दा पनि उनि कतै नभेटिए पछि परिवार यतिबेला निकै चिन्तित बनेको छ ।
बेपत्ता देउरुपा कोठाबाट निस्कदा कुनै खबर नै नगरी निस्केकी उनका श्रिमान अमृतले बताएका छन् । बेपत्ता भएको लामो समय भईसक्दा पनि उनि सम्पर्कमा नआए पछि उनका श्रिमान अमृत बिकको सम्पर्क नम्बर ७७५२९३८४३७ र उनका देवर रवी बिकको सम्पर्क नम्बर ७७०९८६६८०४८ मा सम्पर्क गरि खोजिकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।




