
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरिदिएपछि नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति जनताको विश्वास बढेको बताएका छन् ।
चितवनमा रहेका प्रचण्डले पुनःस्थापनाको फैसला आएपछि प्रचण्ड खुसी देखिएका थिए ।
‘नेपाली जनताको जित भएको छ,’ प्रचण्डले भने, ‘अदालतप्रति जनताको विश्वास सुदृढ भएको छ ।’
प्रचण्डसँग अर्का अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए ।