हिक्मत बहादुर नेपाली
कमलबजार, कार्तिक १७ ।
कमलबजार नगरपालिकामा वल्र्ड भिजन आस्था नेपाल र वाक नेपालको आर्थिक सहयोग तथा सहजिकरण तथा पालिकाको समन्वयमा सन् २०२३ मा सञ्चालन गरिएका कार्यक्रमको समिक्षा र २०२४ मा सञ्चालन हुने कार्यक्रमको योजना सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आस्था नेपालले सञ्चालन गरेको कार्यक्रम वालपोषण तथा वाल स्पोन्सरसिप परियोजना तथा वाक नेपालले सञ्चालन गरेको कार्यक्रम एकिकृत उत्पादनशिल जिविकोपार्नन तथा पोषण परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम भएको हो ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष , बिभिन्न बिषयगत शाखाका प्रमुख,वाक नेपाल कार्यसमिती सदस्य सुरत खड्का, आस्था नेपालका जिल्ला कोषाध्यक्ष लक्ष्मण बिष्ट, वाक नेपालका कार्यक्रम संयोजक गोविन्द ढकाल, आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्का लगायत सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समिक्षा र योजनाको प्रस्तुतिकण वाक नेपाल बाट कार्यक्रम अधिकृत तपेन्द्र के.सी र आस्था नेपालबाट कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्लाले गर्नु भएको थियो ।
स्न २०२४ का लागी पालिकामा बिभिन्न कार्यक्रम सञ्चालन गर्न वाक नेपालले ६३ लाख ४९ हजार पाँच सय ९८ र आस्था नपालले ४२ लाख ३० हजार नौ सय ४४ बजेट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले आस्था नेपाल र वाक नेपाल लाई पालिकामा सञ्चालित परियोजनाका लागी धन्यवाद व्यक्त गर्नु भएको थियो र आगामी दिनमा संस्थाले सञ्चालन गर्ने कार्यक्रमलाई पालिकाले सहयोग गर्ने बताउनु भयो । साथै संस्था लाई पालिका संगको समन्वय बढाउनु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा उपस्थित वडा अध्यक्षको प्रतिनिधित्व गर्दै वडा ५ नं का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले परियोजनाको समग्र बजेटमा वालवालिकामा क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो । वालबिवाह न्यूनिकरण गर्नका लागी र जोखिममा रहेका वालबालिका लाई सहयोग गर्नका लागी संस्थाले लगानी बढाउनु पर्ने बताउनु भयो ।
पालिकाका बिभिन्न शाखाको समग्र प्रतिनिधित्व गर्दै कृषि शाखा प्रमुख शुनिल कुँवरले संस्थाले कार्यक्रम गर्दा सम्बन्धित शाखा संग समन्वय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय