धनगढी, १८ कात्तिक । नेपाल टेलिकमले भुकम्प प्रभावित क्षेत्रमा पाँच दिन निशुल्क भ्वाइस,एसएमएस र वाइफाई सेवा दिने भएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।  साथै नमस्ते कम्पनिका सिमहरु पनि निशुल्क  सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमले जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ, “ यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा उपलब्ध गराइएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनिका कर्मचारी ९८५१०२१७४० जनक डॉगी ९८५११०९९५५ ओम प्रकाश ढकाल ९८५१३४७८७० संग सम्पर्क गर्न सकिनेछ टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय