अछाम , कार्तिक १९ ।

मंगलसेन नगरपालिकाले जाजरकोटका भुकम्प पिडितहरुलाई राहात दिने भएको छ । यही कात्र्तिक १७ गते शुक्रबार राती आएको भुकम्पले ठुलो धनजनको क्षति भएको भन्दै पालिकाले पिडितहरुलाई सहयोग स्वरुप २ लाख रुपैया सहयोग गर्ने भएको हो । आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै पालिकाले मृतप्रति गहिरो समवेदना सहित घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । नगर प्रमुख पदम बहादुर बोहराद्धारा हस्ताक्षरित विज्ञप्तीमा जाजरकोट र रुकुम पश्यिम लगायतका क्षेत्रमा ठुलो संख्यामा मानविय तथा भौतिक क्षतिका साथै सैयौ ब्यक्तिहरु घाईते समेत भएकाले मृतकप्रति गहिरो समवेदना सहित घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भुकम्प बाट प्रभावितहरुको उद्धार, उपचार, राहात र पुनस्थापनाका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत पालिकाले सबैलाई आग्रह गरेको छ । साथै सोही बिनाशाकारी भुकम्पमा परि नलाड नगरपालिकाका उप प्रमुख सरिता सिं लगायत दिवंगत हुनुभएका सबै मृतप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै नगर प्रमुख बोहराले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । भुकम्प हामीले रोकेर नरोकीने भएको हुदा यसबाट कसरी क्षति कम गर्न सकिन्छ यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

मंगलसेन नगरपालिकाले भुकम्प पिडित लाई २ लाख रुपैया सहयोग गर्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय