कार्तिक २० गते : वल्र्ड भिजन आस्था नेपालको सहयोग सहजीकरण तथा पालिकाको समन्वय र स्थानीय बाल आधिकार समितीको आयोजनामा नगर स्तरिय बाल आधिकार समिती संयोजक एबम नगर उप प्रमुख शारदा कुमारी बिष्ट को अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा पालिका स्तरमा जोखिममा रहेका बाल बालिकाको तत्थ्याङक ब्याबस्थापन गर्नुका साथै बाल बिबाह अन्त्यका लागि बनेको (२०८०–२०८३) रणनीति योजनालाई कार्यापालिका बाट पास गरि कार्यन्वयन गर्नका लागि रणनीति योजनालाइ कार्यपालिकामा पेश गर्ने निर्णय गरि बैठक सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल सम्पुर्ण वडा अध्यक्ष कार्यापालिका सदस्य निमित्त प्रमुख प्रशासकिय अधिकृत विभिन्न शाखा प्रमुख प्रत्रकार बाल संजाल प्रतिनिधि लगायत आस्था नेपाल फिल्ड क्रमचारी भावना भन्डारिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही ले गर्नु भएको थियो ।




