हिक्मत बहादुर नेपाली्
कमलबजार, कार्तिक २२ ।
कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा, आज देखी बिद्युत्तको राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुगेको छ । विगत लामो समय देखीको अनवरत प्रयास पछी आज वडामा बिजुलि पु¥याउन सफल भईएको वडा अध्यक्ष मिन बहादुर साँउदले बताउनु भयो । साथै आज देखी बिद्युत्त लाईन बिस्तार भएको र कमलबजार देखी बजुडा हुदैं सुनपिपल सम्मको बिजुली लाईनमा गाडिएका पोलहरुमा कम्तिमा एक हप्ता सम्म, नछुन समेत आम नागरिकलाई वडा कार्यालयले आग्रह गरिएको छ ।
बडामा बिद्युत लाईन बिस्तार भएपछी बिजुली बत्ति बाल्न, मोबायल ल्यापटप चार्ज गर्न उद्योग कलकारखाना खोल्न लगायत बिद्युत बाट सम्पादन हुने सवै काम गर्न सहज हुने भएकाले खुसी लागेको स्थानीय बासिन्दा योगेन्द्र साँउदले बताउनु भयो ।




