काम गर्न खोजेर अघि बढे तगारो बनेर अाउछन
उज्यालो चाहिएको बेला अध्यारो बनेर अाउछन

बिरोधि हरुको कामै बिरोध गरेर असफल पार्नुहो
हेर्नबाँकी छ को-को रंगफेर्ने क्षपारो बनेर अाउछन

सत्य बोल्नु र भलाई गर्नु छैन कसैको कलियुगमा
किनकि सज्जनहरू आँखाको तारो बनेर आउछन

नियति नै यस्तै छ, गुनासो पोखेर पनि के गर्नु छर
साना माछाहरु ठुला माछाको चारो बनेर आउछन

छन मानवीयता भरिएका सहयोगी मनहरू पनि
जो, प्यासिका लागि पानीको धारो बनेर आउछन

छोराले ज्ञान हासिल गरोस भनी स्कुल पठाउछन
विडम्बना केही अपराधी ज्यानमाराे बनेर आउछन

रचनाकार : हिक्मत बहादुर नेपाली
साहित्यिक नाम : एच.एन.`एबल´
ठेगाना : कमलबजार न.पा.८ अछाम
रचनाकाल: २०७७-११-१४-६(७:०४)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय