काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले अहिले मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको बताउनु भएको छ । संघ देखि प्रदेश र स्थानीय तहमा पनि भ्रष्टाचार बढ्दै गएको उहाँले बतउानुभयो ।

‘चाहे वडामा होस्, वा पालिकामा, चाहे प्रदेश वा संघ सबै क्षेत्रमा संस्थागत भ्रष्टाचार मौलाएको छ ।’ नेपााली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा अध्यक्ष शर्माले भन्नुभयो, ‘यसलाई नीतिगत तहबाटै रोकिनुपर्छ र दोषी दण्डित गरिनुपर्छ ।’

उहाँले कोरोना महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका मत्त्वपूर्ण रहेको पनि बताउनुभयो । ‘स्थानीय सरकार नभएको भए अवस्था भयावह पनि हुन सक्यो ।’ शर्मा भन्नुभयो, ‘नजिकको सरकार भएकाले धेरै काम पनि गरेको छ र जनतामा अलिअलि गुनासो पनि हुनु स्वभाविक हो ।’

साथै उहाँले तुर्माखाँद भौगोलिक हिसाबले अति विकट भएपनि स्थानीय सरकार पुगिसके पछि जनताले त्यो महसुस नगरेको बताउनु भयो । अध्यक्ष शर्माले गाउँपालिमा अहिले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी लगायतका क्षेत्रमा आमुल परिवर्तन आएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय