काठमाडौं। नेकपा अध्यक्ष प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका हुन्।

दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनर्स्थापना भएपछि सो समूहले विधिवत् रूपमा दलको नेता छानेको हो ।

यस अघि हिजो मात्र प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली लाई पार्टी बाट हटाइ सकिएकाले उनी संसदीय दलको नेतामा कायम नरहेको पत्र संसद् सचिवालय लाई बुझाएको थियो ।

नेकपा सांसद यज्ञराज सुनुवारले पनि प्रचण्डलाई दलको नेता सर्वसम्मत चयन गर्ने निर्णय भएको जानकारी दिए ।

‘केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिसकेको अवस्थामा पार्टी सदस्य नरहेको व्यक्ति संसदीय दलको नेता हुन नसक्ने भएकोले प्रचण्डलाई दलको नेता बनायौं,’ सुनुवारले  भने ।

यसअघि पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय सांसदहरू को भेलाले प्रचण्डलाई दलको नेता बनाएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन पछिका संसदीय गतिविधि लाई शून्यतामा परिणत गरेको भन्दै प्रचण्ड-नेपाल समूहले फेरि प्रचण्ड लाई दलको नेतामा चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय