कमलबजार, पौष १८ ।
कमलबजार दलित एकता समाजकाे वडा समिति गठन गर्ने अभियान अन्तर्गत आज कमलबजार नगरपालिका वडा नं १ मुलिमा जेष्ठ नागरिक दलित समुदायका अगुवा सर्जने कामीको अध्यक्षतामा भेला बसि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा उजिर सिंह विक चयन हुनु भएको छ । उपाध्यक्षमा महेश नेपाली , सचिबमा प्रेम बहादुर दमाई , सहसचिवमा जवा कामी, र कोषाध्यक्ष डिक्रा दमाई चयन हुनु भएको छ । यसैगरी सदस्यमा , भट्टे कामी, केशे कामी, जवाल सिंह ओड, जुन्धरा ढोली, चाम्डे ढोली, भरत नेपाली चयन हुनु भएको छ ।
आजको कार्यक्रममा कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिर्घा टमट्टा , कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपाली, उपाध्यक्ष जगभाने कामी, सचिव हिक्मत बहादुर नेपाली , सहसचिव हरिओम नेपाली, सदस्य धिर्जा नेपाली , लगायतको उपस्थिति रहेको थियोे ।
ADVERTISEMENT