
टि.बि.भण्डारी फाल्गुन २४ कमलबजार
प्रथम कमलबजार सांस्कृतिक महोत्सव २०७७ दोश्रौ दिन आजका आकर्षण चर्चित राष्ट्रिय गायक तथा मोडेल दुर्गेश थापाले आफना चर्चित गित तथा रुयाप मार्फत दर्शक नचाएका छन
,उनले डन आयो डन ,बिच्च बिच्मा ,बेहुला बनाउन्छु भन्थी बहुला बनायर गई,रातो रातो खुर्सानी पिरो छ ,हामी यस्तै त हो नि ब्रो ,कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा ,नगर सवाल,यो यो दुर्गेश थापा हो,बिर गोर्खाली ,जय शम्भौ, गित मार्फत युवा दर्शकहरु नचाए ।
टिकटकमा भाईरल गायकका रुपमा परिचित युवा गायक सम्राट चौलागाई ले सम्झिने पानी छम्किने ,तिमी लाई कारै दिउला भौ भौ चाहिदैन गित मार्फत दर्शक लाई मनोरञ्जन प्रदान गरे
भने युटुबमा पिठयुमा बच्चा बोकेर ठेला गाडा चलायर भाईरल भएका कमलबजार १ मुली निवासी स्थानिय कलाकार अर्जुन बि.क ले समेत दर्शक नचाए ।
यस्तै स्थानिय देउडा सम्राट राजाराम भाटले गित मार्फत देउडा खेल्न बाध्य बनायको दुश्य आकर्षक थियो ,स्थानिय साधना कला केन्द्रका कलाकार हरुले नृत्य तथा कला प्रर्दशन गरेर दर्शक लाई मनोरञ्जन प्रदान गरेको थिय ।
भोली फाल्गुन २५ गते राष्ट्रिय लोक दोहरी गायक राम जी खाड ,मोडेल झरना बोहरा ,मोडेल तथा गायक निरुता खत्री, चर्चित देउडा गायक लाल ब.धामी अछामी बड्डो मुख्य आर्कषण रहने छ ।