
धनगढी:तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावल प्रचण्डसँगै जानुपर्ने बताएका छन्।
बुधबार धनगढीको चटकपुरमा रहेको पार्टी कार्यालयमा भएको झडप पछि उनले अब रावल नेकपा एमालेका नेता नरहेको बताएका हुन।
‘केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले आधिकारिकता पाए पछि लेखराज भट्ट नै सुदूरपश्चिमका आधिकारिक संयोजक हुन। राजनीतिक निर्णय मान्य हुन्छ’ उनले भने, ‘भीम रावल अनाधिकृत हुन। उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्ड तिरै जानुपर्छ। त्यहाँ उनले हक खोज्न मिल्छ। एमालेमा उनको केहि हक छैन।’
बुधबार धनगढीको चटकपुरमा रहेको पार्टी कार्यालयमा भएको झडप पछि उनले अब रावल नेकपा एमालेका नेता नरहेको बताएका हुन।
‘केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले आधिकारिकता पाए पछि लेखराज भट्ट नै सुदूरपश्चिमका आधिकारिक संयोजक हुन। राजनीतिक निर्णय मान्य हुन्छ’ उनले भने, ‘भीम रावल अनाधिकृत हुन। उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्डतिरै जानुपर्छ। त्यहाँ उनले हक खोज्न मिल्छ। एमालेमा उनको केहि हक छैन।’