टेक बहादुर थापा
अछाम , माघ ०८ ।
प्रतिनिधि सभाका सदस्य पुस्प बहादुर शाहले नया शिक्षा ऐन नआउदा शिक्षा क्षेत्रका समस्याहरु समाधान हुन नसकेको बताउनु भएको छ । शैक्षिक क्षेत्रमा जतिपनि समस्याहरु छन अधिकांश समस्याहरु नयाँ शिक्षा ऐन नआउदा देखा परेको बताउनुभयो ।
आफु जिल्लाका अधिकांश शैक्षिक क्षेत्रका कार्यक्रममा जादा एकै किसिमका समस्याहरु देखिन थालेको भन्दै सांसद शाहले नयाँ शिक्षा ऐन जारी भएपछि अहिलेका अधिकांश समस्याहरु समाधान हुने विश्वाश ब्यक्त गर्नुभएको छ । कमलबजार नगरपालिका वडा न १० घोडासैनमा रहेको विध्या प्रवोधनि मावि घोडासैको ३३ औ अभिभावक भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद शाले शिक्षा ऐन जारी भएर नयाँ कानुन निर्माण गरेपछि नेपालको शिक्षा क्षेत्रमा धेरै सुधार आउने भन्दै सरकारले जतिसक्दो चाडो यो प्रकृया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय शिक्षा ऐन नआउँदा शिक्षामा नियम कानुन तथा कार्यविधि बनाएर कार्य गर्न सक्ने अवस्था छैन । ऐन, नियम बनाएर कार्यान्वयन गर्न समस्या छ । तत्काल संघीय शिक्षा ऐन जारी गरेर वर्तमान दोहोरो भूमिकाको अन्त्य हुनु पर्ने र कानुनले किटानी गरेका विषय मात्र गर्न सकिने अवस्थाको अन्त्य हुने विश्वाश ब्यक्त गर्नुभएको छ । नया शिक्षा ऐन जारीभई विभिन्न किसिमका कानुनहरु निर्माण गरि देशको स्पष्ट शिक्षा निति बनाउन आवश्यक रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुदै शाहले शिक्षा क्षेत्रको विकास कुनै एक क्षेत्रको पहलले मात्रै सम्भवन नहुने भएकाले सबै निकायको पहल हुन आवश्यक रहेको बताउनुभयो । देशको कमजोर अर्थतन्त्रले पनि शैक्षिक क्षेत्रका समस्याहरु समाधान हुन नसकेकाले भएको स्रोत साधनको समुचित ढंगले प्रयोग गरि अहिलेका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो । विद्यालयको विकासका लागि आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउदै प्रतिनिधिसभा सदस्य शाहले आज विद्यालयमा धेरै कुराहरुको समस्या देखा परेको हुदा तत्काल गर्नुपर्ने दिर्घ कालिन योजना छनौट गरेर समस्या समाधान गर्न तर्फ विद्यालय प्रशासनले ध्यान दिन आवश्यक रहेको उहको भनाई छ ।
कार्यक्रममा बिशिष्ट अतिथिको आशन बाट बोल्दै ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले आफु शैक्षिक क्षेत्रका समस्याहरु समाधान गर्नका लागि कहिलेपनि पछी नहट्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा आफु लगानी गर्न तयार रहेको तर क्षिकहरुले परिणाम दिनुपर्ने बताउनुभयो । आज सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर भएन भन्ने गुनासो व्यापक रुपमा आउने गरेकाले यो गुनासो समाधान गर्ने प्रमुख जिम्मेवारी शिक्षककै भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती अछामका सदस्य द्धारीका प्रसाद उपाध्याय, ढकारी गाउँपालिका वडा न ८ का अध्यक्ष उद्धवराज उपाध्याय, नेपाली काँग्रेसका लाल बहादुर भण्डारी, एमालेका बसन्त बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका हंसराज उपाध्याय, नेपाल कम्युनिष्ट पार्टीका नृर्मल बिष्ट, कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट,जाल्पा मावि ढाकुका प्रधानाध्यापक जनक बहादुर भण्डारी, नेविसंघका केन्द्रिय सदस्य बम बहादुर स्वाँर, शिक्षक अभिभावक संघ अध्यक्ष खेमराज जोशी, गाउँ शिक्षा समितिका सदस्य कमल भण्डारी, विपी स्मृति आधारभुत विद्यालयका प्रधानाध्यापक लोकराज उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको समग्र विकासका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेलामा विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक रुपानन्द उपाध्याले गर्नुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक तप्त भण्डारीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन शिक्षक प्रशान्त कुमार बिष्टले गर्नुभएको थियो । भेलामा विद्यालयका विद्यार्थिहरुले विभिन्न सास्कृतिक झाकीहरु समेत प्रदर्शन गरेका थिए । भेलाबाट नया विद्यालय व्यवस्थापन समीती र शिक्षक अभिभावक संघ गठन गरिने भएकाले मंगलबार बिहान ८ बजे बाट बन्द सत्र सुरुहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बिष्टले जानकारी दिनुभएको छ ।