टि.बि. भण्डारी फागुन २७ कमलबजार
कमलबजारमा नेकपा एमाले ले आफ्नो पार्टि कार्यालयमा ब्यानर टाँस्दै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन । नेकपा एमालेले यहि मिती २०७७।११।२७ गत साईन बोर्ड राखेको छ भने आज जिल्ला तहका नेता कार्यकर्ता सहभागी भएर औपचारिक कार्यक्रम सहीत नियमीत रुपमा पार्टीका कामकारबाही संञ्चालन गर्ने गरि कार्यालय खोलेका छन ।
गत आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइन बोर्ड राखेसँगै दैनिक काम कारबाही गर्ने गरि कार्यालय सञ्चालनमा ल्याउको नगर अध्यक्ष खेम जोशी ले बताउनु भयो
औपचारिक रुपमा कार्यक्रम सहीत पार्टि कार्यालय खोलेको नेकपा एमाले अछामको सो कार्यक्रममा भुमि आयोग अछामका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य कटक साँउद, जिल्ला कमिटी सदस्य शारदा कुवर, नगर अध्यक्ष खेम जोशी ,सचिव गोबिन्द्र ढकाल ,बिध्यार्थी नेता टोप शाही ,निरक शाही , लगाएतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय