
अछामको तुर्माखाद गाउपालिकाले प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा समझदारी पत्र (एमओयुमा) सम्झौता गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रममा पालिकाका अध्यक्ष पुस्पराज शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रम हस्ताक्षर गरेका हुन । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ ।
पालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाएको छ ।
गाँउपालिका गौरवको आयोजनाको रुपमा रहेको सो सडक प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत तुर्माखाद–बासकाडा–पुनेपाटा–बतासे सडक (३०कि.मि.)आयोजना कार्यान्वयनका लागि नेपाल सरकार,प्रदेश सरकार र तुर्माखाद गाउँपालिका बिच आयोजना कार्यान्वयन लागि गाउँपालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको गाउँपालिका अध्यक्ष शर्माले भन्नु भयो ।
गौरवको आयोजनाको रुपमा रहेको चिसापानी जंगलघाट मंगलसैन सडक खण्ड अन्तर्गत पर्ने तुर्माखाद–बासकाडा–पुनेपाटा–बतासे सडक (३०कि.मि.) सडक निमार्ण पश्चात गाँउपालिका पक्की सडक सञ्जालले जोडिने र चिसापानी जंगलघाट मंगलसैन सडक निर्माणमा यो खण्ड को निर्माण पश्चात पुर्वी अछामका जनता लाई कैलाली सम्म सहज यातायातको पहुच हुने र यहाको पर्यटकिय क्षेत्रमा योगदान पुग्ने अध्यक्ष शर्माले बताउनु भयो ।