धनगढी :  कैलालीको धनगढीका व्यवसायी मीनबहादुर खत्रीको निधन भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-२ रातोपुलका खत्रीको बुधवार निधन भएको हो।

उनी सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष हुन्। खत्रीको बुधवार महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन्।

मीनबहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत भएका थिए। उनको जन्म १९९८ चैत २९ गते भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय