कैलाली, गौरीगंगा नगरपालिकामा यहि फागुन १३ गते देखि दादुरा रुबेला खोप अभियान संचालन गरिने भएको छ । अभियान बारे नगरपालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमका शुक्रबार सम्पन्न गरिएको छ ।
सरकारले सन २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोगको अन्त्य गर्ने लक्ष्य राखेको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप अभियान चलाएर लगाईने छ । गौरीगंगा नगरपालिकामा ७५ वटा खोप केन्द्र मार्फत २१८८५ बालबालिकामा खोप लगाईने छ ।
नगर प्रमुख देविदत्त कडेलको आथित्यतामा भएको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद भुसालले स्वागत तथा कार्यक्रमको विषयवस्तुको प्रस्तुति तथा जानकारी दिएका छन् ।
सरकारले ल्याएको अभियानलाई घर परिवार, विद्यालय र समुदाय तहमा सबैको सकृय सञ्चार गरेर सफल बनाउन तथा सबै बालबालिकामा खोप लगाउने कार्यमा सहयोग गर्न नगरप्रमुख कडेलले आग्रह गर्नुभएको छ ।




