
सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना सेवा ईकाई कमलबजारको आयोजनामा जनप्रतिनिधी तथा कर्मचारीहरुका लागी व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, डिजिटाईजेशन तथा गुनासो सुनुवाई सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आईतबार कमलबजारमा सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भुमिशरण ढकाल बजगाई नि.प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , पञ्जिकरण शाखा प्रमुख नेत्र बहादुर बिष्ट लगायत पालिकाका १० वटै वडाका अध्यक्ष र कर्मचारी गरी २७ जनाको उपस्थिती रहेको फिल्ड सहायक हिक्मत बहादुर नेपालीले बताए । कार्यक्रममा एम आई एस अपरेटर लक्ष्मण बिष्टले विभागले पालिकामा गरिरहेका गतिबिधीका बिषयमा जानकारी गराउनु भयो । साथै प्रशासन शाखाका सहायक पाँचौ पुर्ण प्रसाद बजगाईले पञ्जिकरण सम्बन्धी कानुनी व्यवस्थाका बिषयमा जानकारी गराउनु भयो । सेवा ईकाईले भोली देखी दुई दिन सम्म पालिका भित्रका प्रत्यक वडाका सहायक कम्प्युटर अपरेटरका लागी अनलाईन घटना दर्ता सम्बन्धि तालिमको आयोजना गरेको एम आई एस अपरेटर बिष्टले बताए ।