मिलन नेपाली
अछाम , फाल्गुन १५ ।
कमलबजार नगरपालिका वडा नं १ मुली स्थित श्री शिशुबोधनी माद्यामिक विद्यालयमा गए राति कार्यलय तोडफोड गरि चोरी भएको छ । विद्यालयमा अज्ञात समुहले तोडफोड गरि ७ लाख ५५ हजार भन्दा बढी क्षेती भएको प्रधानाध्यापक धर्म राज बजगाईले जानकारी दिनु भएको छ । कार्यालयको ढोका तोडेर उक्त कोठा भित्र रहेका ४ थान डेस्कटप र ल्यापटप कम्प्युटर , ७ थान कुर्सी , साउन्ड सिस्टम चार थान, दिवा खाजाका लागि राखिएका सामाग्री लगायत विभिन्न कार्यलय प्रयोजनका सामाग्री चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही वडा अध्यक्ष भक्त बहादुर बोहराले बताउनु भयो ।
आजै उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बाट बरिस्ठ हवल्दार भरत बिष्टको नेतृत्वमा गएको टोलीले सामाग्रीको क्षेतीको विवरण संकलन गरेको छ । साथै उक्त घटनामा संलग्नको पहिचान गरि आवश्यक कारबाही गरिने हवल्दार बिष्टले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय