कमलबजार नगरपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाईले आयोजना गरेको सामाजिक सुरक्षा  तथा व्यक्तिगत घटना दर्ता अनलाईन प्रणाली सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
पालिकाका दश बटै वडा लाई अनलाईन घटना दर्ता प्रणालीमा लिए संगै वडा कार्यालयमा कार्यारत सहायक कम्प्युटर अपरेटरका लागी तालिम आयोजना गरिएको एम.आई.एस अपरेटर लक्ष्मण बिष्ट ले जानकारी दिए । तालिम भोली (मंगलबार) सम्म चल्नेछ । तालिम पश्चात पालिकाका दशैवटा वडा कार्यालय बाट जन्म,मृत्यु, बिवाह,बसाईसराई, सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा दर्ता गर्न सकिने व्यवस्थापन सुचना प्रणाली (एम.आई.एस) फिल्ड सहायक हिक्मत बहादुर नेपालीले जानकारी दिए । यस अघि हिजो आईतबार सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना सेवा ईकाई कमलबजारको आयोजनामा जनप्रतिनिधी तथा कर्मचारीहरुका लागी व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, डिजिटाईजेशन तथा गुनासो सुनुवाई सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय