चैत्र १०, कमलबजार
कमलबजार नगरपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाईशाखाले आयोजना गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाईन प्रणाली सम्बन्धी दुई दिने तालिम कमलबजारमा आज सम्पन्न भएको छ ।
पालिकाका दश बटै वडा लाई अनलाईन घटना दर्ता प्रणालीमा लिए संगै वडा कार्यालयमा कार्यारत सहायक कम्प्युटर अपरेटर र वडा सचिबकाका लागी आयोजना गरिएको तालिम आज सम्पन्न भएको सेवा ईकाईमा कार्यरत एम.आई.एस अपरेटर लक्ष्मण बिष्ट ले जानकारी दिए । तालिम सम्पन्न भए पश्चात पालिकाका दशैवटा वडा कार्यालय बाट जन्म,मृत्यु, बिवाह,बसाईसराई, सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा सम्बन्धित वडा कार्यालयमै दर्ता गर्न सकिने भएकोले व्यक्तिगत घटना दर्ता सम्बन्धी तथ्यांक तथ्य परक र व्यवस्थित हुने (एम.आई.एस) फिल्ड सहायक हिक्मत बहादुर नेपालीले बताए ।
मंगलबार सम्पन्न भएको तालिमको समापन कार्यक्रमको अध्यक्षता, कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश बिष्टले गर्नु भयो । समापन कार्यक्रममा बोल्दै उहाँले नगरका सबै वडा अनलाइन प्रणालीमा गए संगै कर्मचारीलाई थप जिम्मेवार हुन आग्रह गर्नु भयो । साथै तालिममा सिकेका कुरालाई प्रयोगमा ल्याई नगरबासीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्न सुझाब दिनु भयो । त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख भुमिशरण ढकाल बजगाईले वडा कार्यालयमा कार्यरत कर्मचारी हरुको क्षमता अभिबृद्धि गर्नका लागी नगरपालिकाले आगामी दिनमा तालिमको व्यबस्था गर्ने बताईन । कार्यक्रममा नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता लाई अनलाईन प्रणालीले लिए संगै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यबस्थापनमा थप सहज हुने बताउनु भयो ।
२ दिने तालिमको प्रशिक्षण पञ्जिकरण शाखा प्रमुख नेत्र बहादुर बिष्ट, एम.आई.एस अपरेटर लक्ष्मण बिष्ट, (एम.आई.एस) फिल्ड सहायक हिक्मत बहादुर नेपालीले गर्नु भयो । उक्त कार्यक्रममा पञ्जिकरण सम्बन्धि कानुनी व्यवस्थाका बिषयमा प्रशासन शाखामा कार्यरत सहायक पाँचौ पुर्ण प्रसाद बजगाईले प्रशिक्षण गर्नु भयो । तालिमको सहजिकरण राम बहादुर बिष्टले गर्नु भएको थियो ।