प्रकाश बजगाई
कमलबजार १ अछाम हाल शंखुवासभा
समय जब एकनास ले चल्दै थियो । भनौ आफनो गति मा निरन्तर लगातार अनि राम्रै संग अनि भैदिन्छ के के कुरा को जोड अनि सम्बन्ध मा फाटो अनि एक अर्का बिच मिठी नमिठो कुरा हुन्छ । लाग्छ त्यसपछी नाना थरिका आरोप प्रतिआरोप एबम लाल्छ्ना लगाउन थाल्छ्न ।अनि लाग्छ बिरक्त अनि के के कुराहरु मनमा फुर्छ्न अनि मन आतिन्छ अनि हातले काम पाउछ दिमाग चल्छ अनि मन ले मनका कुरा लेख्न सहयोग गर्छ । अनि कलम को मसि नसकुन्जेल अनि हात का औला ले विश्राम नलिउनजेल मन का कुरा नसकिउन जेल के के कुरा हरु ले मनलाई लगातार धक्का दिए जस्तो लागिहरन्छ । अनि बिरलै मान्छे हरु संग बोलचाल हुन्छ अनि एक्लो बस्न मन लाग्छ । अनि धेरै कुरा हरु थाहा पाए जस्तो हुन्छ लाग्छ अब उनको बिकल्प अरु को हुन सक्छ ? भनेर फेरि मन लाग्दैन अरु लाई हेर्न ।अनि लेख्न मन लाग्छ जहाँ समस्या त्यही उपाए खोज्ने प्रयास यहि प्रयास र चुनौती बिच समधानको बाटो अनि रोजिन्छ साहित्य बिधा अनि लेखिन्छ बिभिन्न बिधा का विषयमा कलम चलाउन सुरु ।आज त्यही लेख्दै छु । प्रेमिल अनि भावना सहित को मन छुने पत्र हामि सबै को मन मा लागिरहने यो खुल्दुली ? आदरणीय ससुरा बा ! समाज आज ढुंगाको युग बाट मानव समाज बिज्ञान को आधुनिक युगमा प्रवेश गर्दै छ । मान्छे हरु आज पुरानो रुडिबादी परम्परा बाट माथि उठेको समाजको आँखा बाट हेर्दै गर्दा जातिय समस्या आज जहाँ को त्यही छ । अर्थात भनौ अन्तर जातिय प्रेम आज को दिन मा किन यति गारो भएको होला । लाग्छ मान्छे हरु जुन कुरा आफुलाई नराम्रो हो भन्न थाहा हुदा हुँदै पनि तर ब्यबहार मा लागू किन गर्न सक्दैन । मान्छे एउटै हुन ,मानिस को रगत रातो हुन्छ भनेर पढेको पनि धेरै भैसकेको छ । आज कता कता लेख्न मन लाग्यो हामी कुन समाज को कल्पना गरिरहेका छौ । आखिर हामिले सोचेको जीवन समाज आज को रुढीबादी परम्परा लाई जोगाई राख्नु हो ।
जातिय भनौ या अन्तर जातियप्रेम बिच कुनै बैज्ञानिक कारण त छैन त्यति हुदा हुँदै पनि आज किन मान्छे हरु प्रेम गर्नु अगाडि जात सोद्छ्न प्रेम लाई जातले किन्न प्रभाव पारेको होला ? समाज लाई देख्दा कस्तो अर्कै नराम्रो लाग्छ । हुन त म पनि ब्राह्मण समदाय बाट आफ्नो प्रतिनिधित्व गर्छु ।मलाई केही फरक पर्दैन जात ल मैले त मान्छे लाई उस्को क्ष्मता, ब्याक्तित्व , दृष्टिकोण, आत्मा बिचार ,विवेक ,कार्यकुसलता ,आनि बानी ,उस्ले आफू भन्दा सानो मान्छे लाई गर्ने ब्यबहार बाट उस्लाई हेर्ने गर्छु । त्यसैले आज म यो पत्र लेख्दै छु । सायद यो हामी सबै किन यो सोच्दैनौ ,प्रेममा जात हुन्न भनेर जातले बिबाह गर्ने पनि हैन भनौ मान्छे को जात राखिएको उस्को एक किसिम को पहिचान मात्र हो । आज त्यहि पहिचान ले बनाइददियो जातिय दन्द अनि प्रेममा परिरहेका हजारौ युवा युवती साथी हरुले देखिरहेका सपना लाई जात ले बाधक बनाउनु मात्र कतिको उपयुक्त होला ? एकपटक सोचिदिने कि हजुरले पनि ?? खै किन आज मैले आफनो समस्या लेखिरहेको छैन । यो समस्या हजारौ प्रेमी प्रेमिका अनि भिन्न् जात अर्थात हाम्रो जात मिल्दैन ,हामी तैपनी किन यति गहिरो प्रेम गरिरहेक छौ भन्ने सोच्ने र निस्वार्थ रुपले प्रेम गरिरहेका हजारौ लाखौ युवायुवती को कुरालाई यो पत्र को माध्यबाट म प्रस्तुत गर्दै छु । तपाईं हामी हाम्रो सबै को ससुरा बा तपाईं ?? आज घरका परिवार ले मान्दैन्न अनि समाजले सुइकार्दैन अनि हामी कसरी बिहे गर्ने भन्दै हजार मन हरु ले आफनो मन लाई मसान घाट बनाएर समन्धहरु माथी भनौ या त देख्दै गरेका हजार सपना हरु को जिहान बनाउन गरेको देख्दा दुख त तपाईं लाई पनि त लग्छ होला हैन र ससुरा बा ! तपाई कहिले काहीँ समाज भन्दा माथि गएर भनौ या आफ्ना छोरा छोरी को खुसी को लागि कहिले सोच्नु हुन्छ । या त सोच्ने तपाईं लाई फुर्सुद नै छैन होला । म बुज्छु तपाईंको कुरा छोरी या छोरा ले तल्लो जात या माथिल्लो जातमा बिहे गरेर गैहाले भने मलाई मेरो समाज मा कोहि ले के भन्ला भनेर तपाई त्यही कुरामा सोचिरह्नु भएको छ । तपाईं त्यहि रुढीबादी परम्परागत जिवनशैली बाचिरहनु भएको छ ।
अनि तपाईं लाई त्यही कुरा ले सताउनु सोभाबिक हो कहिले काहीँ आफुले आफ्नो पुस्ता को लागि के सोच्ने नया परिवेश दिनु भएको भए आभारी हुने थिए । हजार सपना देखाउदै गरेको मान्छे अनि मन सग नजिक भएको मान्छे जात नमिलेकै कारण आज टाढाको बाटो अनि छुटिने कुरा गरिरहदा एक खाल्को हामी सबैमा आक्रोस हुनु स्वभाबिक हो । तर हरेक सम्भावना लाई अबसर र चुनौती आउछ्न ।यी कुरा बाट भागेर जानू या यी कुरा ले जीवन संग अर्थ नराख्नुले पनि तपाईं लाई पनि त केही हद सम्म दुख लाग्यो होला हैन र ?? आज म हामी सबैको कथा चिठी मार्फत प्रस्तुत गर्दै छु । समयले नसोचेको कुरा मागिरह्न्छ अनि बेला बेला के के कुरा ले मनलाई जिस्काइदिन्छ अनि के के कुराहरु लेखेर मनलाई सान्त बनाउन पछि परिन्न । आज को मुख्य शिर्षक मा म जाँदै गर्दा लेख्न मन लाग्छ मलाई तपाईं को छोरी मन परिन अनि म उनलाई मन पराउन थाले मानौ अनि तपाईं अब हाम्रो प्रेम बिबाह सुइकार्नु हुन्न भन्न थाहा आए पछि लेख्न मन लाग्यो । प्रेम गर्न पनि जात मिल्नै पर्न होत । आखिर हाम्रो समाजले पनि जातिय योग्यता मागेको छ र यहि जात बाहेक अरु कुरा तपाईं को लागि आवस्यक हुन भने म तपाईं माझ आफ्नो योग्यता बनाएर आउने छु । छोरी लाई आफनो बनाउन म सबै योग्यता बनाउने छु । तपाईको छोरी पाउन चाहिने योग्यता मलाई या हामी सबैलाई भनी दिनु होला । :- खुल्न नसकेको एक प्रदा भित्रको रोचक विषय प्रस्तुत गरेको छु । कसैको जीवन संग मेल खान गएमा संयोग मात्र हुने छ । उहीँ तपाईं का जवाइहरु