निन्दानै गायब पार्ने यि यादहरु आएका छन
उथलपुथल हुने गरी हलचल मच्चाएका छन

जालझेल गरेर दुख दिएर छिनभरमै फसाउने
कपटी मनुष्यले पनि आखिर के पाएका छन -एच.एन.एबल अछाम कमलबजार

अतित सम्झेर अलमलिनु हुदै हुदैन
अरूलाई व्यर्थै दु:ख दिनु हुदै हुदैन

घरिघरि याद आइरहन्छ र सताईहन्छ
थाहा छ बिर्सने लाई सम्झिनु हुदै हुदैन

२०७७-१२-०७-०७ एच.एन. अछाम

जालझेल पुर्ण खेल धेरैदिन टिक्दैन
झुटको खेती गर्नेको बोली बिक्दैन ।।

दु:ख पाईरहनु पर्छ बारम्बार उसले
जो समय अनुसारको शीप सिक्दैन ।।

२०७७-११-१६-१(७:३७)एच.एन

सपनामा मात्र सफल भएर भएन
दु:ख, कष्ट, पीर सधै सहेर भएन ।।

गन्तव्यको शिखरमा पुग्न अविरल
नपुग्दै त्यही मन अगावै मरेर भएन ।।

२०७७-११-१४-६* ५:३१ एच.एन

सबैको सोच बदल्ने कसरी हो
मानिस प्राणी सबै बराबरी हो

उच निच ठुलो सानो यो विभेद
हटाउन चाहिएको समझदारी हो
एच.एन
अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय