हिक्मत बहादुर नेपाली
अछाम, जेष्ठ १ ।
ईलाका प्रहरी कार्यालय कमलबजार अछामका कार्यालय प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारीको काठमाडौंमा सरुवा भए पछि फेरि भेटौला तथा विदाई कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीको नियमित कार्यसम्पादन अनुसार ईलाका प्रहरी कार्यालयमा आएको दस महिनामै सरुवा भएर जानु परेता पनि जनप्रतिनिधि तथा नागरिकको सहयोगले शान्ति सुरक्षा र विकृति विसंगति अन्त्यका लागि महत्त्वपूर्ण उपलब्धि भएको प्रहरी निरीक्षक जोहारीले विदाई कार्यक्रममा बताउनु भयो ।
प्रहरी निरीक्षक जोहारी ईप्रका कमलबजारमा रहदा कमलबजार नगरपालिका संगको सहकार्यमा पालिका भित्रका प्रत्येक नागरिकको घरघरमा प्रहरी कार्यालयका सम्पर्क नम्बर उल्लेखित स्टिकर टास्ने कार्य देखि प्रत्येक टोलमा नियमित प्रहरी गस्ती गर्ने लगायतका कार्य चर्चामा रहेका थिए ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा , पालिकाका निवर्तमान उपप्रमुख भुमिशरण ढकाल बजगाई , विभिन्न वडाका वडा  अध्यक्ष , पालिकाका निमित्त प्रमुख प्रशासकिय प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय