हिक्मत बहादुर नेपाली
अछाम, जेठ १५ ।
कमलबजार नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पालिका मातहतमा कार्यरत सवै भन्दा जेष्ठतम सातौ तह, जनस्वास्थ्य अधिकृत पदमा कार्यरत चक्र बहादुर बिष्ट लाई दिईएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकिय अधिकृत नखटाईए सम्म अथवा अर्को व्यवस्था नभए सम्मका लागी अधिकृत बिष्ट लाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिईएको हो । मिति २०८० असार २४ गतेको सचिव स्तरीय निर्णय अनुसार पालिकामा कार्यरत सबै भन्दा जेष्ठ सदस्य लाई निमित्त प्रमुख प्रशासकिय अधिकृत तोक्ने निर्णय लाई कार्यन्वयन गराउनका लागी बिष्टले मन्त्रालयमा निवेदन दिएका थिए । पालिकामा कार्यरत मध्ये आफु जेष्ठ रहेको भन्दै बिष्टले दिएको निवेदन उपर २०८१ जेठ १४ गतेको संघिय मामिला तथा सामान्य प्रशासन कार्यालयले गरेको निर्णय अनुसार बिष्ट लाई सो जिम्मेवारी दिईएको हो ।
यस अघि निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी छैटौ तहमा कार्यरत खड्ग बहादुर बिष्टले सम्हाली राखेका थिए ।





