हिक्मत बहादुर नेपाली
अछाम, श्रावण १२ ।
अछामको मंगलसेन नगरपालिका वडा नं.५ मंगलसेन नजिक लागू औषध कारोवार गर्ने दुई जनालाई नियन्त्रणमा लिईएको छ । विशेष सूचनाको आधारमा गए राती साडे नौ बजेको समयमा जिल्ला प्रहरी कार्यालय अछाम बाट खटिगएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं.७ स्थायी ठेगाना भई हाल मंगलसेन नगरपालिका वडा नं.५ स्थित आफ्नो ससुरालीको घरमा बस्दै आएका ३० बर्षिय प्रकाश बोहरा र निजकी श्रीमती २९ वर्षकी कल्पना भण्डारी रहेका छन । शंकास्पद रुपमा हिडडुल गरिरहेका अवस्थामा खानतलासी गर्दा निजहरुको साथमा रहेको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३८० मिलि ग्राम बरामद गरि निजहरु दुवै जनालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको अछाम प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय