हिक्मत बहादुर नेपाली
अछाम, श्रावण १५ ।
ईलाका प्रहरी कार्यालय कमलबजारको प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी निरीक्षक हर्ष बहादुर चन्द आई पुग्नु भएको छ । आज उहाँले आफ्नै कार्यकक्षमा कमलवजार स्थित विभिन्न क्षेत्रमा आवद्व विभिन्न व्यक्तिहरु संग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । विभिन्न जनप्रतिनिधि सञ्चारकर्मी व्यापारी समाजसेवी तथा समाजका विभिन्न क्षेत्रमा आवद्व व्यक्तिहरु संग परिचयात्मक कार्यक्रम गर्नुभएको हो । सहभागीले यश क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी लाई विभिन्न सुझाव समेत राखेका थिए । परिचयात्मक कार्यक्रममा कमलबजार नगरपालिका वडा नं १० का अध्यक्ष भिम बहादुर बिष्टले वालविवाह छुवाछूत ,आत्महत्या लगायतका समाजमा रहेका विकृति विसंगति हटाउन प्रहरीले विशेष अभियान सञ्चालन गर्न सुझाव दिनुभएको थियोे साथै उहाँले यस्ता कार्य सञ्चालन गर्न जनप्रतिनिधि सधैं साथमा रहेने समेत प्रतिवद्वता व्यक्त गर्नुभएको थियोे । प्रहरी निरीक्षक चन्दले विभिन्न क्षेत्रको प्रतिनिधित्व गरि आएका सुझाव लाई मनन गरि कार्य योजना बनाएर काम गर्ने बताउनुभयो । यश अघि प्रहरी निरीक्षक विरेन्द्र जोहारी काठमाण्डौं सरुवा भएर गए देखि ईप्रका कमलबजार कार्यलय प्रमुख विहिन रहेको थियोे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय