हिक्मत बहादुर नेपाली
अछाम, श्रावण २० ।
माद्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को ग्रेडवृद्धि परिक्षा अन्र्तगत अछाम बाट १ हजार ३ सय १६ छात्र र १ हजार ५ सय ८१ छात्रा गरी कुल २ हजार ८ सय ९७ जना सहभागी हुने भएका छन । शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार यहि श्रावण २३ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा कुल ३ हजार ४ सय ८६ नन ग्रेडिङ आएका मध्ये ग्रेडवृद्धि परीक्षामा सहभागी हुन फारम भरेकाम २ हजार ८ सय ९७ जना सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय इकाई अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभयो ।
माद्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को ग्रेडवृद्धि परिक्षामा सवैभन्दा बढी विद्यार्थि अनिवार्य गणित विषयमा रहेका छन । सूचना अधिकारी बजगाईका अनुसार गणितमा १ हजार ८ सय ७४ जना, अनिवार्य अङ्ग्रेजीमा १ हजार ७ सय ९६ जना, नेपालीमा ८ सय ५९ जना, बिज्ञानमा १ हजार २ सय ६१ जना र सामाजिकमा ८ सय ४ जना परिक्षार्थि रहेका छन ।
यसैगरी ऐच्छिक विषयहरु अर्थशास्त्रमा ८ सय ५६, लेखामा २ सय २३, गणितमा ३९ जना, जनसंख्यामा १० जना, बाताबरणका २ जना, शिक्षामा ५७ जना, स्वास्थका १४ जना, कम्प्युटरका ५६ जना, कृषिका ३४ जना र प्राविधिक धारतर्फका परीक्षार्थी ४२ जना रहेका छन ।
ग्रेडवृद्धि परिक्षाका लागि जिल्लाभरिमा सवै विद्यार्थिहरुका लागि विभिन्न ८ वटा विद्यालयहरुमा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जसमा षोडशादेवी मावि मंगलसेन, राधा मावि बोगटीगाउँ, जनकल्याँण मावि साँफेबगर, सुर्यचन्द्र मावि कालिमाटी, कालिकेश्वरी मावि तुर्माखाँद, नेरा मावि चाफामाण्डौ, विद्यामन्दिर मावि बिनायक र जाल्पादेवी मावि ढाँकु रहेका छन । ग्रेडवृद्धि परिक्षालाई शान्तिपूर्ण, मर्यादित र सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक प्रवन्ध मिलाईएको भन्दै सूचना अधिकारी बजगाईले सवैले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।




