
हिक्मत बहादुर नेपाली
अछाम श्रावण २३ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाको मानसैन स्थित चनेनी डाडाँमा अवस्थित बडीमालिका माई मन्दिरमा यहि श्रावण ३१ गतेदेखि भाद्र २ गते सम्म मालिका चौदशीका दिनसम्म बिशेष पुजा गरिने भएको छ ।
विगत लामो समय देखी सो ठाँउमा बडीमालिका माईको मन्दिर स्थापना भई आजा पुजा गर्दै आएकोमा यस वर्षको यहि श्रावण ३१ गतेदेखि भाद्र २ गते मालिका चौदशीका दिनसम्म पण्डित गोकर्ण बजगाई बाट बिशेष पुजा गरिने वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनु भयो । मालिका चौदशी अवसरमा विशेष पुजा गरिने भएकाले सबैको उपस्थितिका लागि वडा अध्यक्ष तिमिल्सैनाले आग्रह समेत गर्नुभएको छ । हाल पुजाको लागी होमकुण्ड तयार पार्ने लयायतका काम तिब्र रुपमा भईरहेको समेत उहाँले जानकारी दिनु भयो ।