हिक्मत बहादुर नेपाली अछाम, असोज १५ ।
कमलबजार नगरपालिकाको मुख्य बजार आसपासको क्षेत्रमा जडान गरिएका १४ वटा सिसिटिभी क्यामेरा मर्मत गरि पुन सुचारु गरिएको छ । केहि समय यता इलाका प्रहरी कार्यालय कमलबजार अछामको पुरानो कार्यालय भवन तथा स्थानिय बजार एरियामा जडान गरीएका सिसिटिभी क्यामराहरु बिग्रिएर बन्द अवस्थामा रहेको थिए । कमलबजार नगरपालिकासंग समन्वय गरी पालिकाको सहयोगमा क्यामेरा मर्मत गरी पुन सञ्चालनमा ल्याईएको इलाका प्रहरी कार्यालयका कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो । स्थानिय बजारमा बाह्र र इलाका प्रहरी कार्यालयमा परिसराम दुई गरी जम्मा चौध वटा सिसिटिभी क्यामेरा हिजो साँझ देखी सञ्चालनमा ल्याइएएको छ । उक्त सिसिटिभी क्यामेरा ईलाका प्रहरी कार्यालयबाट मनिटर गर्ने गरी सुचारु गरीएको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । सिसिटिभी क्यामेरा मर्मत भई सुचारु भए पश्चात अपराधिक गतिविधी निगरानी गर्न सहज हुने अपेक्षा गरिएको छ । यस अघि तत्कालिन ईलाका प्रहरी कार्यालय बसेको कमलबजार विमानस्थल स्थिीत नेपाल वायुसेवा निगमको भवनबाट निगरानी गरिएकोमा अव देखी ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन बाट सिसिटिभी क्यामेराको निगरानी गरिनेछ ।




