हिक्मत बहादुर नेपाली
अछाम, कार्तिक १७ ।
अछाम जिल्लाको ढकारी गाउपालिका वडा नं १ राउलासैन स्थित कच्ची सडक खण्डमा चाईरा देखी ढकारी तर्फ गईरहेको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन । ट्रालीमा धानको पराल लोड गरी जादै गरेको ट्याक्टर दुर्घटनामा भएको हो । सु.प.प्र.०१००२ त.५१८८ नं.को ट्याक्टरको ट्राली सडकको मोडमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ जना मध्ये निम्न ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले बताउनु भयो ।
ट्याक्टर चालक ढकारी गाँउपालिका वडा नं १ का ३० बर्षिय लोक बहादुर बुढा प्रहरीको नियन्त्रणमा रहेका छन ।
घाइते लाई उपचारको लागी ढकारी स्वास्थ्य चौकी तर्फ पठाएको अन्य ४ जना शकुसल रहेकाे प्रहरीले बताएको छ । घाइते हुनेमा
ढकारी गा.पा.१ लयागाउ बस्ने बर्ष ३२ क दिनेश रिमालको निधार,कम्मर र खुट्टामा चोट लागेको र अबस्था सिरियस रहेको छ ।
सोही ठाउँ बस्ने रिमालका छोरा १० बर्षका लोकेस रिमालको टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको छ ।
सोही ठाउँ बस्ने बर्ष ५७ क मनराजे टमटाको दाहिने पट्टी कम्मर र पाखुरामा चोट लागेको छ । यस्तै
सोही ठाँउमा बस्ने ४६ बर्षका धने टमटाको घांटि र टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको अछाम प्रहरीले बताएको छ
थप घाइते हुनेमा बर्ष १६ कि कबिता टमटाको छाती र कम्मरमा भित्री चोट लागेको छ ।सोही ठाँउकि बर्ष १७ कि खिमा टमटाको खुट्टा र कम्मरमा चोट रहेको छ । कविता र खिमा को अवस्था मध्यम छ र बर्ष १३ की जनधरा टमटाको निधार र मुखमा चोट लागेको र अवस्था सामान्य रहेको बताएईको छ।
घाइते मध्ये दिनेश रिमाल र धने टमटालाइ थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । घटनास्थलमा प्रहरी चौकी ढकारीबाट प्रहरी टोली खटिएको अछाम प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय