हिक्मत बहादुर नेपाली
अछाम कात्तिक २० ।
कमलबजार नगरपालिका वडा नं ६ विरपथ स्थित नौघाटे स्पार्टस युथ क्लबको आयोजनामा भएको देउसी भैली कार्यक्रम  समापन गरिएको छ । क्लबले आज गैरिटाडमा एक कार्यक्रम गरि समापन गरेको हो । क्लवका अध्यक्ष विरेन्द्र बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।   शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रमको समापन कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिका वडा नं ६ विरपथका वडा अध्यक्ष लाल बहादुर शाह रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्दै वडा अध्यक्ष शाहले क्लवले संस्कृति जगर्नेका लागी देउसी भैलो कार्यक्रम मार्फत राम्रो सन्देश दिएको बताउनु भयो । साथै उहाँले क्लबले समाजका बिकृती बिसंगती तथा कुरिती हटाउन जनचेतनामुलक कार्यक्रमका साथै खेलकुदका क्षेत्रमा कार्यक्रम गर्न सुझाव दिनु भयो । क्लब संग वडा कार्यालय समन्वय गरेर जान तयार रहेको र आफ्नो तर्फबाट सक्दोसहयोग रहने समेत बताउनु भयो ।
यस्तै कार्यक्रमको बिशिष्ट अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष झंकर बहादुर शाही रहनु भएको थियो । बिशिष्ट अतिथीको आशन बाट बोल्दै शाहीले समाज सुधारका लागी युवाको महत्वपुर्ण भुमिका रहने भएकाले अव युवा जाग्नु पर्ने बताउनु भयो । युवा लाई कृषि क्षेत्रमा लागेर उद्यमी बन्न सुझाव दिदैं देशमै सम्भावना खोज्नपनी सुझाव दिनुभयो । उआँले देउसी भैलो बाट संकलित रकम असहाय दुखी पिडितलाई सहयोग गर्नुपर्ने राय व्यक्त गर्न भयो । एक फरक प्रसंगमा बोल्दै शाहीले युवालाई कुलतमा नफस्न समेत आग्रह गर्नुभयो । गैरिटाड बजारमा केहि व्यक्तिहरु म्दिरा सेवन गरि ठाँउकै बदनाम गर्न खोजिरहेको प्रति सचेत गराउदै यस्तो नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रमका क्लवले देउडा खेल संगै बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव सुवास शाहीले गर्नु भएको थियोे ।कार्यक्रम स्थल कार्यक्रम सुरु हुनुपुर्व युवाहरूले सरसफाइ समेत गरेका थिए।

देउसी भैलोको आयव्यय यश प्रकार छ

देउसी भैलो बाट आम्दानी रु 35,145 ।- देउसि व्यवस्थापन खर्च रु 18000।- साउण्ड खरिद रु 10540 अशक्त गैरीटाड का तप शाहीलाई सहयोग रु 1605।- , मृगौला पिडित नरेन्द्र शाहीको लागि रु 2000।- , कलेजोको अप्रेशन लागि हिउँसरा शाहीलाई रु 3000।- सहयोग प्रदान गर्ने निर्णय भएको छ।आर्थिक समिति संयोजक रतन शाहीले देउसि भैलो कार्यक्रम को आयव्यय प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय