हिक्मत बहादुर नेपाली
अछाम, माघ २ ।
अछाममा राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्लाको कमलबजार नगरपालिकामा भुकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पुर्वतयारी साथ भन्ने नाराका साथमा २७ अौं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको हो । कमलबजार नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले भुकम्प सम्बन्धि जानकारी मुलक प्रस्तुतीकरण राख्नु भएको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांशले भुकम्प बाट हुने जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले विभित्र जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड थियोे ।
कार्यक्रम जिल्ला स्थित जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिकाका विपद व्यवस्थापन शाखा प्रमुख विरेन्द्र तिमिल्सैनाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय