अछाम माघ ३ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा अछामकाे बैठक माघ  १२ गते अधिवेशन गर्ने निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष बिष्णु प्रसाद जैसिकाे अध्यक्षतामा बसेकाे बैठक केन्द्रको सर्कुलर अनुसार जिल्लाको अधिवेशन यही माघ महिनाको १२ गते शनिबारका दिन मंगलसेनमा गर्ने निर्णय गर्दै बैठक समापन भएको हो। आजको बैठकले संगठनमा आस्थावान जिल्ला भर विभिन्न कार्यक्रममा कार्यरत निजामती कर्मचारी लाई अधिवेशनमा सहभागीता गराउन प्रचारप्रसार गर्ने समेत निर्णय गरेको छ । साथै संगठनले सबैलाई अधिवेशनमा उपस्थित भई सफल पार्नका लागि अनुरोध समेत गरेको छ। आजको बैठककाे सहजिकरण तथा सञ्चालन संगठनका जिल्ला सचिब झनक अधिकारीले गर्नु भएको  थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय