
अछामको सिडिओमा सारुको सरुवा
हिक्मत बहादुर नेपाली
अछाम चैत ६
गृह मन्त्रालयले अछाम सहित ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट आज उहाँहरुको सरुवा भएको हो।
गृह मन्त्रालयको सूची अनुसार सहसचिव आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। यस्तै दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्। गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ।