हिक्मत बहादर नेपाली
धनगढी जेठ २५ ।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम धनगढीमा सुरु भएको छ । सामाजिक सुरक्षा भत्ता सेवा प्रवाहमा सजिलो होस भन्ने उदेश्यका साथ आगामी श्रावण १ गते देखी जैविक विवरण सहितको राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने तयारी भईरहेको छ । सोही कार्य लाई सहजता प्रदान गर्न राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाकै प्रत्येक स्थानीय तहका सामाजिक सुरक्षा शाखामा कार्यरत एम आई एस अपरेटर ,फिल्ड सहायक लगायतका कर्मचारी र सामाजिक सुरक्षा वितरण गर्ने बैकका प्रतिनिधी तथा सरोकारवालाको सहभागीता रहेको छ ।
आज पहिलो दिन अछाम, बझाङ, बाजुरा र दार्चुला जिल्लाका सरोकारवालाको उपस्थिती रहेको छ । भोली दोश्रो दिन कैलाली, कञ्चनपुर, बैतडी, डोटी र डडेल्धुरा जिल्लाका सहभागीहरुको सहभागीता रहने विभागले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक युवराज कडेल , निर्देशक सानुबाबु अधिकारी, शाखा अधिकृत शोभाकर न्यौपाने , भिम प्रकाश खत्री र आईटी बिज्ञ उज्जल मित्रले प्रशिक्षण गराईरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय